
गोपिकृष्ण चापागाईं/ बैशाख, काठमाडौं ।
नेपाली लोक तथा दोहोरी गीत क्षेत्रको परिचित नाम हो भूमिका गिरी । भूमिका सांगितीक क्षेत्रमा आफ्नो काम र ब्यवहारका कारण लोकप्रिय हुनुहुन्छ । यद्यपी भाइरल गायिकाहरुको नाम उतार्दा उहाँ त्यो लिस्ट भित्र नपर्नु होला । तर गीतसंगीतले नै दिएको उहाँको ब्यस्तता हेर्ने हो भने कतिपय निकै चर्चित कलाकार पनि त्यति ब्यस्त हुँदैनन् ।
भूमिकाले महिनामा अधिकांश दिन गीतसंगीतकै लागी दिनुहुन्छ । गीतसंगीत बाहेक अन्य कुनैपनि पेशामा आवद्ध नभएको बताउने गायिका भूमिकाले आफूले जानेको काम गायन मात्र रहेको बताउनुहुन्छ । ‘यहि आफ्नो काम भनेर अघि बढियो, जानेको कामलाई निरन्तरता दिएकै कारण होला आज यहा सम्म छु ।’ भूमिकाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘कुनैपनि काममा निरन्तरता दिनुपर्छ सफलता हासिल गर्न सकिन्छ भन्ने बुझेको थिएँ । हुन त मैले गर्न धेरै बाँकी छ तर सहि बाटो हिडेकी छु जस्तो लाग्छ ।’
''एक कलाकार स्टेजमा चढिसकेपछि दर्शकको भाव बुझ्न्पर्छ त्यो कुरामा ध्यान दिएकी हुन्छु । अर्को कुरा आयोजकले एक कलाकार भनेर सम्मानीत तरिकाले बोलाइसकेपछि आयोजकसँगको बोली, बचनसहितको ब्यवहार पनि राम्रो हुनुपर्छ । त्यो कुरामा पनि म सधैं सजग हुन्छु ।''
गायिका भूमिकाको ब्यस्तता देख्दा गीतसंगीतकै क्षेत्रका कलाकर्मी अचम्म पर्छन् । सांगितीक प्रस्तुतीकै कारण उहाँको देश भित्र र बाहिरको यात्रा यति धेरै हुन्छ कि अन्य निकै चर्चित मानिएका कलाकारको पनि त्यो ‘सेड्युल’ भएको देखिदैन । भूमिका नेपालमा कोरोना भाइरसको कहर भन्दा अघि महिनामा २२ दिनसम्म पनि सांगितीक कार्यक्रममा ब्यस्त रहेको सम्झिनुहुन्छ । उहाँले काठमाडौंबाट निस्किनेपछि एकैपटक दर्जनौं जिल्लामा हुने सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुती दिएको फर्केको सम्झिनुभयो । भूमिकाले अघि भन्नुहुन्छ, ‘मेला महोत्सव हुने पनि एक समय हुन्छ । सिजनको समयमा महिना एक साता पनि घरमा बस्न पाइदैन, मेला महोत्सव अत्यधिक आयोजना हुने भएकाले पनि होला । अन्य बेलाको ब्यस्तता भने ठिकै हुन्छ ।’
भूमिकाले कोरोना कहरपछि खुलेको सांगितीक बजारमा केहि जिल्लाका स्टेज कार्यक्रममा आफ्नो प्रस्तुती दिइसक्नुभएको छ । साथै उहाँले चार महिना अघिमात्रै अंग्रेजी नयाँ बर्षको अवसरमा क्यानडाका बिभिन्न शहरमा गीत गाएर फर्किसक्नुभएको छ । भूमिकाका अनुसार क्यानडाका टोरोन्टो, ब्राम्टोन लगायतका शहरमा बसेका नेपालीहरुको साथले कार्यक्रम सधैं स्मरणीय बनेको थियो । भूमिका गएको ४ फेब्रुअरीमा क्यानडाबाट नेपाल फर्किनुभएको थियो ।
यस्तै क्यानडाबाट आए लगत्तै भूमिका नेपालमा हुने सांगितीक कार्यक्रममा ब्यस्त हुन थाल्नुभयो । अहिलेको अवस्थामा जति मेला महोत्सवहरु आयोजना भइरहेका छन् लगभग भूमिकाको नाम छुटेको हुँदैन । २ मार्चमा रत्ननगर महोत्सवमा भरतपुर, चितवनको कार्यक्रम सकेर काठमाडौं फर्किनु भएकी भूमिका फेरी ६ मार्चमा धादिङको नेत्रवती गाउँपालिकामा आयोजीत कार्यक्रमा प्रस्तुती दिन पुग्नुभयो । यस्तै लगत्तै ८ मार्चमा ११२ औं नारी दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘हामी गर्छौ महिना समूह’ टिमले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो ।
यस्तै गायिका भूमिका आफ्नो जन्मथलो दाङको कार्यक्रममा पनि निकै पुग्ने गर्नुहुन्छ । गएको १५ मार्चमा उद्योग बाणिज्य संघ दाङले आयोजना गरेको सांगितीक कार्यक्रममा प्रस्तुती दिन पाउँदा खुसी लागेको बताउनुभयो । ‘गृह जिल्ला भएकाले पनि होला । बढी माया हुने रहेछ । आयोजकले पनि लगभग कुनै पनि कार्यक्रममा छुटाउनुहुन्न । खुसी लाग्छ ।’ यस्तै भूमिका फागुपुर्णिमा, होली लगायतका पर्वमा पनि उत्तिकै ब्यस्त रहनुभयो ।
‘‘भूमिकाले स्वर दिएका झण्डै ४० गीत मध्ये ‘तिउन मिठो बनायो चुकैले’, ‘हङकङको चुरोट गोरकपुरको सलाई’, ‘तारासँगै जुन’, ‘सरर आउ माया’, ‘नरिसाउन कान्छु (तीज)’, ‘बुटटा भरेको’, ‘बिकृती’ लगायतका लोकप्रिय छन् ।’’
४० हाराहारीमा गीत सार्वजनिक
गायिका भूमिकाले सांगितीक क्षेत्रमा प्रवेश गरेको १२ बर्ष पुगेको बताउनुहुन्छ । सुरुवातका संघर्षका दिनहरुमा उहाँले बिभिन्न दोहोरी साँझमा गीत गाउने काम गरेको सुनाउनुभयो । उहाँका अनुसार सुरुमा काठमाडौंको सुन्धारामा रहेको लालुपाते दोहोरी साँझबाट गीत गाउन सुरु गर्नुभएको थियो । त्यसपछि बिभिन्न दोहोरी साँझमा काम गर्दै जाँदा पाँचबर्ष पछि औपचारिक रुपमा पहिलो एल्बम सार्वजनिक गरेको बताउनुभयो ।
भूमिकाले पहिलो गीतको रुपमा रोइला गीत गाउनु भएको थियो । उक्त ‘लौका चाख्ने मौका देऊ’ बोलको रोइला गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ । त्यसपछि लगत्तै भूमिकाले ‘तिउन मिठो बनायो चुकैले’ बोलको दोस्रो लोकगीत गाउने अवसर पाउनुभयो । जुन गीतमा भूमिकासँग लोकप्रिय गायक रामजी खाँणको स्वर रहेको छ । दोस्रो गीत पछि भूमिकाले पछि फेर्केर हेर्नु नपरेको बताउनुहुन्छ । उक्त गीत लोकप्रिय बनेपछि एक पछि अर्को गीत गाउने अवसर पाएको सुनाउनुहुन्छ ।
उहाँले अहिलेसम्म गाउनुभएका झण्डै ४० गीत मध्ये ‘तिउन मिठो बनायो चुकैले’, ‘हङकङको चुरोट गोरकपुरको सलाई’, ‘तारासँगै जुन’, ‘सरर आउ माया’, ‘नरिसाउन कान्छु (तीज)’, ‘बुटटा भरेको’, ‘बिकृती’ लगायतका गीत लोकप्रिय छन् । साथै पछिल्लो समय सार्वजनिक ‘चोली मैलै भो’ र ‘फिक्का चिया’ले अत्यधिक दर्शक तथा स्रोताको मन जित्न सफल भयो ।
डेढ बर्ष अघि सार्वजनिक ‘चोली मैलै भो’ गीतले भूमिकालाई थप उचाईमा पु¥याइदियो । प्रकाश दूतराजसँगको स्वरमा रहेको उक्त गीतकै कारण भूमिकाले अन्य थुप्रै स्टेज चढ्ने मौका पाउनुभयो । नजिनेका दर्शकले भूमिकालाई चिने । भूमिकाले ‘चोली मैलै भो’ गीतले आफ्नो करिअरमा ठुलो प्रभाव पारेको बताउनुभयो । ‘यो गीत सार्वजनिक भइसकेपछि मलाई धेरै दर्शक तथा स्रोताले चिन्नुभयो । बिशेषगरी गीतमा स्कुले बिद्यार्थीको जीवनशैलीलाई पनि देखाइएको छ । त्यो कारणले साना देखी ठुला सबै उमेरका दर्शकले निकै राम्रो प्रतिक्रिया दिनुभयो ।’ भूमिकाले भन्नुभयो । ‘यो गीतलाई मेरो करिअरको अर्को निकै राम्रो गीतको रुपमा हेर्छु ।’ यो गीतले अहिलेसम्म युटयुवमा ७८ लाख भ्युज पाइसकेको छ ।
वर्षको लोकप्रिय गीतको अवार्ड
गायिका भूमिकाले यहि बैशाख ३ गते सम्पन्न १२ औं बिन्धाबासिनी अवार्डमा ‘फिक्का चिया’ बोलको गीतबाट बर्षको लोकप्रिय गीतको अवार्ड पाउनुभयो । अवार्ड पाएपछि भूमिकाले काम गर्दैै जाँदा पाएको सम्मानले आफूलाई थप जिम्मेवारी बनाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अवार्डकै लागी भनेर काम त गरिदैन तर कामको मुल्यांकन गरेर दिइने अवार्डले थप जिम्मेवारी थपिएको आभास हुन्छ । मलाई विश्वास गरिएको छ अझै राम्रो गर्नुपर्छ भन्ने हुन्छ ।’
यस्तै भूमिकाले हिट गीत ‘चोली मैलै भो’ गीत बाट पनि प्रदेश ५ मा आयोजीत उत्सर्ग संगीत अवार्ड २०७८मा उत्कृष्ट गायिकाको अवार्ड पाउनुभयो । समारोह दाङको घोराहीमा सम्पन्न भएको थियो । भूमिकाले यसअघि पनि थुप्रै अवार्ड उचालिसक्नुभएको छ ।
दर्शकको भाव बुझ्ने भूमिका
गायिका भूमिकाले स्टेजमा आफूलाई आयोजकले पटक–पटक बोलाउनुका केहि कारण रहेको खुलाउनुभयो । बिशेषगरी स्टेजमा गायन क्षेत्रका गायक तथा गायिका बढी बोलाइने गरिन्छ । त्यसमा कि त निकै हिट कित दर्शकलाई नचाउन सक्ने गायक तथा गायिकाको माग बढी हुने गर्छ । गायिका भूमिका पनि आयोजकको रोजाईमा सजिलै पर्नुहुन्छ । कारण बारे भूमिका यसो भन्नुहुन्छ, ‘बिशेष गरी मेरो हकमा मलाई आयोजकलाई दोहोराई तेहेराई बोलाउनुको कारण भनेको मैले दर्शकलाई नँचाउन सक्छु जस्तो लाग्छ । मैले गीत गाइरहेको बेला दर्शकले भरपुर मनोरञ्जन लिइरहनुभएको हुन्छ । एक कलाकार स्टेजमा चढिसकेपछि दर्शकको भाव बुझ्न्पर्छ त्यो कुरामा ध्यान दिएकी हुन्छु । अर्को कुरा आयोजकले एक कलाकार भनेर सम्मानीत तरिकाले बोलाइसकेपछि आयोजकसँगको बोली, बचनसहितको ब्यवहार पनि राम्रो हुनुपर्छ । त्यो कुरामा पनि म सधैं सजग हुन्छु । त्यस्तै अर्को कुरा ब्यस्त भइरहेको देख्दा अर्को आयोजकले ब्यस्त कलाकारलाई नै बोलाउँ भन्नुहुन्छ र बोलाउनुहुन्छ । त्यसपछि थप ब्यस्त हुनेहो जस्तो लाग्छ ।’
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: