
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आइपुग्नुभएको छ । उहाँ शनिबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै काठमाडौं अवतरण गर्नुभएको हो ।
पवनदीप आज लर्ड अफ ड्रिंक्स (एलओडी) मा हुने आफ्नो विशेष सांगीतिक कार्यक्रमका लागी आउनुभएको हो । बिमानस्थलमा सञ्चारकर्मिहरुसँग कुरागर्दै पवनदीपले नेपालमा गीत गाउन आउन पाउँदा खुसी लागेको बताउनुभयो । साथै कार्यक्रमका लागी उत्साहित रहेको जानकारी दिनुभयो ।
३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) ले पवनदीपको सांगितिक प्रस्तुती हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएको जानकारी गराउनुभयो । रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।
पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुनुहुन्छ । कोरोनाको कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने विश्वास गरिएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: