आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
यतिबेला स्थानिय तहको निर्वाचनले माहोल तातेको छ । ठाउँ ठाउँमा बिभिन्न राजनितिक पार्टीहरु प्रचारप्रसारमा लागिरहेका छन् । यसैबिच नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका गायक जित बहादुर कटुवाललाई पनि यतिबेला चुनावको माहोलले छोएको छ । बिशेष गरी काठ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका गायक प्रकाश कटुवालको दाई समेत रहनु भएका जित बहादुर आसन्न निर्वाचनमा गृह जिल्ला रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ ।
उहाँले नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएर जित हासिल गर्ने पक्षमा हुनुहुन्छ । उहाँले आफूले भारी मत ल्याएर गाउँपालिकाको अध्यक्ष बन्ने र आगामी दिनमा गाउँपालिकाबासीको सेवामै समर्पित हुने बताउनुभएको छ ।
जित बहादुर आँफैमा गायकसँगै एक समाजसेवी पनि हुनुहुन्छ । उहाँले लामो समयदेखी गृह जिल्लामा बिपदको समयमा होस् या अन्य अप्ठ्यारो समयमा बिभिन्न दुखी गरिबलाई सहयोग गर्दै आउनुभएको छ । साथै उहाँ एक सफल ब्यावसायीको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ हाल कान्तिपुर मल ब्यवसायीक संघ, काठमाडौंको अध्यक्ष पदमा रहेर पनि काम गर्दै आउनुभएको छ ।
स्थानिय तहको निर्वाचन यहि बैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुँदै छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: