
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
बलिउड गायिका आस्था गिलले काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा दर्शकलाई झुमाउनु भएको छ । आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मा आस्थाले दुईघण्टा दर्शकलाई आफ्ना गीत गाएर सुनाउनुभयो ।
रातको १२ बजे क्रप टप र रातो रङको पाइटमा स्टेज चढ्नुभएकी आस्थाले ‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत दिनुभयो ।
गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाउनुभयो । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाचा समेत गर्नुभएकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताउनु भयो ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजक संस्थाका सानु खानले जानकारी दिनुभयो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: