
आर्टिष्ट खबर/ काठमाडौं, २५ बैशाख
थारु समुदायका कलाकारहरुले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरेका छन् । शनिबार काठमाडौंमा भेला गरी नरेश जोगीको अध्यक्षतामा प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिवमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी चयन हुनुभएको छ । यस्तै प्रतिष्ठानको सदस्यमा निवास थारु, आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राना, रजनीश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेको जनाइएको छ ।
प्रतिष्ठानले कला क्षेत्रमा क्रियाशील थारु समुदायका कलाकारको हकहितका विषयमा कार्य गर्ने जनाइएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: