
गोपिकृष्ण चापागाईं/ बैशाख, काठमाडौं ।
आगामी शुक्रबार स्थानिय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागी बिभिन्न शहरमा रहेकाहरु घर फर्किरहेका छन् । आजसम्म घर फर्कनेहरुको घुँईचो नै लागेको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकी देखी कोटेश्वर जस्ता ठाउँमा ठुलो घुँईचो नै देखिन्छ । आफ्नो कामकाजलाई थाती राखेर यसपटकको निर्वाचनमा सहि ब्यक्ति चुन्नुपर्छ भन्ने युवाहरुको जमात धेरै देखिन्छ ।
नेपाली कला क्षेत्रका केहि सेलिब्रेटीपनि उम्मेदवार हुनुहुन्छ । काठमाडौं उपत्यकासँगै बिभिन्न जिल्लामा उम्मेदवारी घोषणा गरेर प्रचार गर्ने सेलिब्रेटी धेरै नै हुनुहुन्छ । काठमाडौं उपत्यकाको मेयर पदका उम्मेदवार ¥यापर बालेनको चर्चा निकै छ ।
यस्तै निर्वाचनको मुखमा सांगितीक कार्यक्रमका कारण केहि सेलिब्रेटी भने बिदेश लाग्नुभएको छ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका केकी अधिकारी केहि दिन अघिमात्रै अमेरिका उड्नुभयो । यस्तै अमेरिकामै प्रकाश सपूत अहिले सांगितीक कार्यक्रममा ब्यस्त हुनुहुन्छ । केहि महिना अघि देखी नै शंकर बिसी अमेरिकामै रहनुभएको छ । यस्तै गएको महिना गायिका कला लम्साल लण्डन पुग्नुभयो । यस्तै दुई दिन अघिमात्रै मोडल रिना थापा बेलायत उड्नुभएको छ । नायक सलोन बस्नेत पनि गएको बुधबार ‘हनि बनी’ चलचित्रको सुटिङका लागी भन्दे लण्डन पुग्नुभयो । यस्तै गायिका ज्योती मगर पनि नर्बेमा रमाइरहनुभएको छ ।
‘मेरो डान्स कप युएस’ रियालिटी शोका लागी नायिका केकी अमेरिका उड्नुभएको हो । नायिका केकीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत बहुमुल्य भोटको प्रयोग गर्न नपाउँदा चित्त दुखेको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला । शान्त, सुरक्षित अनि सुब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’
यस्तै नेपाली म्युजीक भिडियोको क्षेत्रमा पाँचसय बढीमा अभिनय गर्नुभएकी मोडल रिना थापा मगरले पनि निर्वाचनको मुखमै बिदेश हिड्नुपर्दा मन खिन्न भएको बताउनुभयो । उहाँले बेलायतका पुर्व निर्धारित कार्यक्रमहरु भएकाले यहि समयमा आफू बेलायत आउनुपरेको भन्दै यसपटक पनि भोट हाल्न नपाउँदा मन दुखी भएको बताउनुभयो । ‘कार्यक्रमहरु पहिल्यै देखी तय भएका हुन्छन् त्यसैले मिति सार्न नमिल्ने हुन्छ । आफ्नो देशमा निर्वाचनको रौनक छ तर यता आउनुप¥यो ।’ रिनाले टेलिफोनमा कुरागर्दै भन्नुभयो । ‘मैले यसपटक भोट हाल्न नपाएपनि सबैलाई आफूलाई मनले खाएको र आफ्नो गाउँठाउँ जसले बिकाश गर्छ जस्तो लाग्छ उसलाई भोट हाल्न अपिल गर्छु ।’ कलाकार रिना काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ को कोसीदेखाबाट भोट हाल्ने तयारीमा हुनुहुन्थ्यो ।
गायिका कला लम्साल पनि यतिबेला लण्डनका बिभिन्न स्टेजमा ब्यस्त हुनुहुन्छ । नयाँ बर्षको छेको पारेर सांगितीक कार्यक्रमका लागी उड्नुभएकी कलाले अहिलेसम्म ९ वटा कार्यक्रममा आफ्नो प्रस्तुती दिइसक्नुभएको छ । उहाँले लण्डन, टोरन्टो, मन्ट्रीयल, क्याल्गरि लगायतका सिटीमा प्रस्तुती दिएको र अब केहि सातामात्रै रहने जानकारी दिनुभयो । गायिका कलाले पनि यसपटकको स्थानिय तहको निर्वाचनमा आफ्नो बहुमुल्यको भोटको प्रयोग गर्न नपाउँदा दुख लागेको बताउनुभयो । कलाले पनि पुर्वनिर्धारित कार्यक्रम भएकै कारण निर्वाचनको मितिसम्म पनि स्वदेश फर्कन नसकेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘म नेपालमा भएको भए गृहजिल्ला तनहुँ मै गएर भोट हाल्ने सोचेकी थिएँ । आफ्नो एक भोटका कारण पनि सहि प्रतिनिधिलाई जिताउन ठुलो मद्दत पुग्छ त्यो बुझेकी थिएँ, तर सोचेजस्तो भएन ।’
कोरियोग्राफर तथा मोडल शंकर बिसी भने केहि महिना अघि देखी नै अमेरिकामै रहनुभएको छ । उहाँले तीजपर्वलाई लक्षित गर्दै नेपाल फर्कने तयारी गर्दै हुनुहुन्छ । उहाँ पनि अहिले ‘मेरो डान्स कप युएस’का लागी ब्यस्त हुनुहुन्छ । काठमाडौं उपत्यका बाहिरका सेलिब्रेटीहरु भने धेरैजसो गृहजिल्ला पुगिसक्नुभएको छ भने कति आज जाने तयारीमा हुनुहुन्छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: