
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
आज देशैभरी यतिखेर स्थानिय तहको निर्वाचन भइरहेको छ । यसैबिच महानायक राजेश हमालले पनि आफ्नो अमुल्य भोट दिएका छन् । उनले काठमाडौंको लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका हुन् । बिहान मतदाताको लाइनमै लागेर उनले आफ्नो मत दिएपछि आफ्नो भनाई राखेका छन् । भोट हाल्न कतिबेर लाग्यो भन्ने प्रश्नमा राजेश हमालले एकछिन मतपत्र अध्ययन गरेर मात्र भोट दिएको बताए ।
यस्तै राजेश हमालले यस स्थानिय तहको निर्वाचनमा आफू उत्साहित रहेको बताए । साथै हमालले आगामी ५ बर्ष पछिको निर्वाचनमा राजनितिमा आउन पनि सकिने भनाई राखेका छन् । आगामी पाँचबर्ष पछि को राजनितिमा आउनुहुन्छ कि नाई ? भन्ने प्रश्नमा भन्छन्, ‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’
यस्तै हमालले अघि भने, ‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ । औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्त कालसम्म जारी रहनेछ ।’
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: