
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
लोकप्रिय नायिका आँचल शर्माले मतदान गरेकी छिन् । काठमाडौंको चाबहिल सरस्वतीनगरबाट मतदान गरेकी आँचलले यसपालीको भोट हाम्रोलाई हैन राम्रोलाई भन्दै सन्देश प्रवाह पनि गरेकी छिन् । उनले माइतीतर्फको परिवारसहित पुगेर मतदान गरेकी हुन् । नायिका आँचलले सपरिवार एकसाथै भनेकी छिन्, 'यसपालीको भोट, हाम्रो लाई होइन, राम्रोलाई ।'
आज उपत्यका सँगै मुलुकका बिभिन्न स्थानमा पुगेर सेलिब्रेटीले पनि मतदान गरिरहेका छन् । महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, रेखा थापा, लगायतले भोट हालिसकेका छन् ।
देशभरमा कूल १० हजार ७५६ मतदानस्थल, २१ हजार ९५५ मतदान केन्द्रबाट ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भोट हालिरहेका छन् ।
निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुखरउपप्रमख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एकरएक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्नन ५ बजे सम्म चल्ने छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: