आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
अभिनेता तथा निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने हुनुभएको छ । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ चलचित्रका नायक जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरुका साथ आगामी शुक्रबार अर्थात् २० ममा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लाग्नुभएको हो ।
साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ हुनुहुन्छ । उहाहरुले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ्ग गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिनु भएको छ । ‘हामीहरुको म्यानुअल साइकल (पाइडल घुमाउदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छं,’ अभिनेता जोशीले भन्नुभएको छ, ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुदैछ ।’ उहाले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गर्नुभएको हो ।
उहाका साथीहरुले भने यो यात्राबारे चार बर्षअघिदेखि योजना बनाउनु भएको रहेछ । ‘उहाँहरुले पहिलादेखिनै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भन्नुभयो, ‘यात्राका लागि म करिब तीन साता यता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’ लामो समयदेखि नियमीत एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीेले पनि आफूलाई पूर्ण सफलता दिने बिश्वास उहाको छ ।
साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरु स्वयम्ले नै ब्यहोर्ने टिमको निर्णय छ । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन् ।
उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उहाले बताउनु भयो । उहाले यो अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिनु भएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: