आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा बस्दाको तस्बिर तथा केहि भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । बिशेषगरी प्रधानमन्त्री देउवाका केहि गतिविधिलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।
यसैबिच बिषयमा नायिका पूजा शर्माले टिप्पणी गर्नुभएको छ । उहाले सामाजिक सञ्जाल मार्फत लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधिले देशको नै इज्जतमा धक्का लागेको भन्दै आफ्नो ब्यक्तिगत धारणा राख्नुभएको हो । देउवाको बेचैनीको विषयमा ट्रोल भैरहँदा पूजाले त्यहाँ त्यसो देखिनुको कारणलाई प्रस्ट्याउनु भएको छ । ‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए । सबैले मजाक उडाए ।
तर, त्यस बेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली’ पूजाले लेख्नुभएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: