नेपालमा हुने भनिएको सलमान खानको कन्सर्ट स्थगित

Posted on: May 24, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

आगामी जेठ १४ शनिबार काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित भएको छ ।आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार उक्त ‘द ब्याङ रिलोडेड टुर’का लागी स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएको बताइएको छ ।  

अर्को अनुकुल समय हेरेर अर्को मिति घोषणा गरिने बताइएको छ । सलमानको उक्त कन्सर्टका लागी अहिलेसम्म कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको आयोजकले जनाएको छ ।  सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]