आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
्अभिनेत्री करिश्मा मानन्धरले भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमाले पार्टी सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर आफुविरुद्ध असान्दर्भिक र आधारहीन समाचार लेखेको भन्दै त्यस्ता समाचार हटाउन आग्रह गर्नुभएको छ । करिश्माले यो बिषयमा प्रेस काउन्सिल, नेपाललाई जानकारी गराउदै समाचार हटाउन आग्रह गर्नुभएको हो । उहाँले अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने बताउनु भयो ।
असान्दर्भिक र आधारहीन कुराले आफ्नो चरित्रहत्या गर्ने काम गरेको र नियतवस उत्पीडन गराउने उद्येश्यले यस्तो गरिरहेको करिश्माले प्रेस काउन्सिललाई जानकारी गराउनु भएको हो । स्थानीय निकाय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलोबाट खस्किएर दोस्रो स्थानमा झरेपछि केहि अनलाइन मिडियाले ‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका शिर्षकमा समाचार बनाएर करिश्माको चरित्रहत्या गर्ने प्रयास गरेका थिए ।
आधारहीन शिर्षकको स्क्रिनसटसहित करिश्माले चित्त दुखाउदै फेसबुकमा लामो स्टाटससमेत लेख्नुभएको छ । ‘जिवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफुसंग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किए । कुनै चलचित्र चले कुनै चलेनन् तर कहिले यस्तो तल्लो स्तरको टिप्पणी कहिले’ करिश्माले लेख्नुभएको छ । ‘राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जिवनभर पुग्ने सबै छ मसंग । सबैको आवाज बन्न सकु उहाँहरुको लागि केही गर्न सकु भनेर नै हो । मानसिकतालाई पिडा दिने शब्द प्रयोग गर्ने कसैलाइ अधिकार छैन । नत्रभने कनुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक दुई पटकसम्म सहनु ठिक छ तर बारम्बार गर्दा अति हुन्छ ।’
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: