आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।
लोकगायक नविन पौडेलले राजधानीबासीलाई नचाउनु भएको छ । गएको शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उहाले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउनु भएको हो ।
सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबारसाँझबाट संचालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।
करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एबं जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका बिभिन्न प्रस्तुति मार्फत दर्शक हसाउनुभयो । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रमका सहभागीता रहेको थियो । गायक पौडेलको नयाँ गीत ‘मनरेरै हो मनपरेरै हो’ शनिबारसार्वजनिक भएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: