आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नयाँ वेब सिरिज निर्माणका लागी नायिका प्रियंका कार्की र सरिता गिरीले सहकार्य गर्ने हुनुभएको छ । प्रियंका र सरिताको मुख्य भूमिका रहने वेब सिरिज ‘साहु बा’को सोमबार काठमाडौंको अनामनगरस्थित मन्दिरमा मुहूर्त गरियो ।
फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजलाई सुजोय योङले निर्देशन गर्नुहुनेछ । मंगलबारदेखि छायांकन हुने थ्रिलर सिरिज काठमाडौं आसपासमा खिचिने भएको छ । प्रियंका र सरितासहित सिरिजमा अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिका छ । सिरिजमा सरिताले मुख्यमन्त्री र प्रियंकाले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्नुहुनेछ ।
सरिता सिरिजमा कास्टिङ निर्देशक समेत हुनुहुन्छ । सिरिज पहिलो सिजनमा १३ एसिपोड छायांकन हुने जनाइएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: