निरेनलाई नेपाल म्युजिक एण्ड फेसन अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड

Posted on: June 19, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

नेपाली म्युजीक भिडियो तथा चलचित्रमा अभिनयसँगै निर्देशन गर्दै आएका निरेन श्रेष्ठले तेश्रो नेपाल म्युजिक एण्ड फेसन अवार्ड मार्फत सर्वोत्कृष्ट निर्देशक बिधाको अवार्ड पाएका छन् । निरेनले शनिबार सम्पन्न समारोहका बिच अवार्ड हात पारेका हुन् ।


उनले बरको हाँगो बोलको गीतबाट अवार्ड पाएका हुन् । निरेनले दर्जनौं गीतहरुका भिडियोमा अभिनय गरिसकेका छन् भने सयौं गितहरुको म्युजिक भिडियोमा निर्देशन पनि गरिसकेका छन् । निरेन रोयल मुभिज प्रालिका प्रबन्ध निर्देशक समेत हुन् ।

अवार्ड पाइसकेपछि आयोजक सँगै जुरी टिम प्रति निरेनले धन्यवाद दिए ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]