पुष्पको जन्मदिनको सुरुवातः एक रुख मेरो योगदान

Posted on: July 21, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पुष्प खड्काले आज आफ्नो ३४ औं जन्मदिन मनाएका छन् । सन् १९८८ मा कैलालीमा जन्मिएका पुष्प पछिल्लो समयका नेपाली चलचित्र क्षेत्रका लोकप्रय अभिनेता हुन् । 

पुष्पले आफ्नो जन्मदिनमा एकाबिहानै एक रुख मेरो योगदान अभियानबाट सुरु गरेका छन् । काठमाडौको शंखमुल स्थित सत्य साई बाग्मति पार्कमा स्वामीको बिरुवा रोपेर उनले जन्मदिनको शुरुवात गरेका हुन् । 

सन् २०१८ मा दर्पण छाँया २ चलचित्रबाट डेब्यु गरेका पुष्प पछिल्लो समयका डिमाण्डेड अभिनेता समेत हुन् । उनले ‘मंगलम, दालभात तरकारी, मारुनी’ चलचित्रमा पनि अभिनय गरिसकेका छन् । उनले थुप्रै म्युजीक भिडियोमा पनि काम गरेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]