चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

Posted on: July 25, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको स्रोतले बताएको छ । 

सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट केसीलाई नियुक्त गरिएको हो । गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो ।

केसी गत वैशाखमा कांग्रेस प्रवेश गरेका थिए। उनले कला क्षेत्रमा थप योगदान पुर्‍याउने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएका थिए । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]