‘बेनीको बजार’का मोडल दीपसागरको निधन

Posted on: September 12, 2022
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

कलाकार दीपसागर डीसीको निधन भएको छ । उनको सोमबार ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।

डीसीले थुप्रै नेपाली लोकगीतका भिडियोहरुमा मोडलिङसँगै निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् । उनले अभिनय गरेको  ‘बेनीको बजार’ अत्यधिक हिट गीत हो ।  उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए । डीसीको निधनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]