बेलायतमा हेमन्त कान्छा रसाइली एकल सारङ्गी साँझ सम्पन्न

Posted on: September 13, 2022
आर्टिष्ट खबर/ भदौ, काठमाडौँ । 

लोकप्रिय सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकारसमेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो ।  गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा रसाइलीको एकल साँझको आयोजना गरिएको हो ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो ।  हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका गायक तथा सारङ्गीबादक रसाईलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए ।  


काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछिु, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाईलीले लाई सारङ्गी साँझमा  गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]