प्रदीप खड्का र सोनाक्षी सिन्हाको भेट

Posted on: November 04, 2022
आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ । 

यतिबेला नेपालका युवा स्टार प्रदीप खड्काको क्रेज नेपालमा मात्रै हैन । भारतमा पनि बढेको छ । जब प्रेमगीत ३ नेपाली चलचित्र भारत लगायतका बिभिन्न देशमा प्रदर्शन भयो त्यसपछि प्रदीपको क्रेज अझ चुलिएको हो । 

यसैबिच फेरी प्रदीप खड्काका केहि तस्बिर सामाजिक सञ्जालमा छरिन थालेका छन् । बलिउडकी स्टार अभिनेत्री सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको चलचित्र  ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप पनि सहभागी भएका थिए । अहिले सोनाक्षी लगायतका कलाकारहरुसँगको प्रदीपको तस्बिर नेपाली सामाजिक सञ्जालमा छरिरहेको देख्न पाइन्छ । 

उक्त चलचित्रका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भएका थिए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरेका थिए ।

प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र ? भनेर जिज्ञासा राखेकी थिइन् ।

प्रदीपले आफ्नो सामाजिक सञ्जला इन्टाग्राममा एक भिडियो सेयर पनि गरेका छन् । जसमा म कहाँ जाँदैछु तपाई अनुमान गर्न सक्नुहुन्छ भन्दै लेखेका छन् । साथै सोनाक्षीसँगको भिडियोनै सेयर गर्दै आफू डबल एक्सएल’को प्रिमियरमा पुगेको जानकारी गराएका छन् । 

सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर चलचित्र ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । प्रिमियरमा भाग लिन मुम्बई पुगेका प्रदीप काठमाडौं फर्कंदैछन् ।

नेपाली चलचित्र प्रेमगीत ३ नेपाल र भारतसँगै बिश्वभरीका बिभिन्न १२सय स्क्रिनमा एकसाथ प्रर्दशन भएको थियो । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रले झण्डै ४० करोड रुपैंया माथिको कलेक्सन गरेको जानकारी दिएका छन् । साथै अभिनेता प्रदीप खड्कालाई यतिबेला बलिउडका केहि चलचित्रबाट अफर आइरहेको बुझिएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]