गायक आदित्य नारायण झा शुक्रबार नेपाल आउने

Posted on: November 23, 2022
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आगागि शुक्रबार नेपाल आउने भएका छन् । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन् । उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन् ।

शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिने छन् । उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।

झा भारतका सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा शोका होस्ट गरिसकेका छन् । उनले नेपाली गीत पनि गाएका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]