आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नेपाली चलचित्रका पछिल्लो समय रुचाइएको खलनायक हुन् प्रशान्त ताम्राकार । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘एश्वर्य’ले उनलाई निकै उचाईमा पुर्याइदियो । त्यसै चलचित्रबाट उनले ‘ह्याण्सम भिलेन’को उपमा समेत पाए । उनले यो भन्दा अघि ‘मुखौटा’, ‘सम्बोधन’ लगायतका केहि चलचित्रमा काम पनि गरे तर ‘एश्वर्य’ले उनलाई दर्शकमाझ मज्जैले चिनाइदियो ।
कुनैसमय नेपाली चलचित्रक्षेत्रका पावरफूल भिलेनको रुपमा सुनिल थापालाई लिइन्थ्यो । नेपाली चलचित्रले ५१ औं, १०० औं दिन मनाउने समयमा सुनिल थापा एकछत्र रुपमा भिलेनको भूमिकाबाट छाइरहेका थिए । अहिलेको पुस्ताले सुनिल थापाको ठाउँमा प्रशान्त ताम्राकारलाई राख्न थालेका छ । ‘त्यो समयको सुनिल थापा अहिलेको प्रशान्त ताम्राकार’ भन्ने भनाई प्राय दर्शकबाटै सुन्न पाइन्छ ।
प्रशान्तले भने सुनिल थापाको स्थानसम्म आफू पुग्न नसक्ने बताएका छन् । ‘दर्शकले सुनिल थापा पछिको प्रशान्त भन्नुहोला तर मैले सुनिल दाईको ठाउँ रिप्लेस गर्न सक्दिन, किनकी म सँग त्यो क्षमता छैन’, प्रशान्तले आर्टिष्ट खबरसँग कुरागर्दे भने । उनले आफूलाई सुनिल थापको ठाउँमा राख्दा सहज नहुने बताउँछन् । ‘बिगत २५ बर्षदेखी उहाँ हिडेको बाटो खाली थियो त्यो ठाउँमा म हिडेको मात्र हुँ, उहाँले कोरेको बाटोमा हिड्न पाउँदा खुसी छु’ उनी भन्छन् ।
प्रशान्त अभिनित ‘जय शम्भु’ चलचित्र आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ । जसमा उनले खलनायककै भूमिकामा छन् । उनीसँगै अनुप बिक्रम शाही र बर्षा सिवाकोटीको मुख्य भूमिका छ । चलचित्रमा रुपेश तामाङको लेखन तथा निर्देशन छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: