काममा विश्वास गर्ने जान्वी

Posted on: August 08, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

नेपाली रंगमञ्चको चर्चित नाम हो जान्वी बोहरा । केहि समय अघिसम्म थिएटरमा नाटक हेर्नजाने दर्शकका लागी यो नाम परिचित थियो । पछिल्लो समय नाटकमा खासै नदेखिने जान्वी अहिले ठुला चलचित्रका पर्दामा रमाइरहेकी छिन् । धेरे कलाकारहरु नाटकबाट चलचित्रमा हाम फालेको पाइन्छ कतिले सफलता पाएका हुन्छन् तर कति निरन्तरको प्रयासमा पनि सफल हुन सकेका हुदैनन् । 

यस्तै भिडमा नाटकबाट हामफालेकी जान्वीपनि चलचित्रको कामबाट सन्तुष्ट रहेको बताउँछिन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमाल गर्न नसकेपनि आफूले गरेको चलचित्रको कामबाट आफू सन्तुष्ट रहेको बताउँछिन् । जान्वीले ‘सपना तिम्रो मेरो’ चलचित्रबाट डेब्यु गरेकी हुन् । उनी अभिनित चलचित्र ‘भैरे’ अहिले नेपालीहलहरुमा प्रदर्शन भइरहेको छ । ‘चलचित्रमा ठुलो सानो जस्तोसुकै भूमिका होस्, आफ्नो भूमिकालाई न्याय गर्ने गरेकी छु’ जान्वीले भनिन् । तपाईका चलचित्र प्रदर्शनमा आएपनि तपाई चर्चामा खासै आउनुहुन्न नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘म चर्चामा भन्दा पनि काममा विश्वास गर्छु, चर्चाकालागी काम गरेको भए धेरे त्यस्ता चलचित्रमा काम गरिसकेकी हुन्थेँ ।’


जान्वीले अहिलेपनि आफूलाई धेरे चलचित्रबाट अफर आइरहेको बताउँछिन् । उनले चलचित्रको स्क्रिप्ट मन नपरेकै कारण धेरेलाई इन्कार गर्नुपरेको बताइन् । ‘राम्रो स्क्रिप्ट आएमा चलचित्रमा काम गर्छु’ उनले भनिन् । उनले निकै कममात्रामा म्युजीक भिडियोमा काम गर्ने गरेकी छिन् । म्युजीक भिडियोमा पनि छानेर मात्र काम गर्ने गरेको उनी बताउँछिन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]