१२ तस्बिरमा हेर्नुस् रामजी खाँण र संगीता थापा मगरको मुस्ताङ सुटिङ यात्रा

Posted on: December 16, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

यतिबेला नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक रामजी खाँण र गायिका संगीता थापा मगर सुटिङको क्रममा मुस्ताङमा छन् । एकसाता अघि काठमाडौंबाट दर्जन बढी कलाकार तथा प्राविधिकको साथमा निस्किएको टोली अहिले उपल्लो मुस्ताङमा दुई गीतको भिडियो छायांकनमा ब्यस्त छन् ।


एक गीतमा रामजी र संगीताले स्वर दिएका छन् भने अर्को गीतमा जुनु रिजालको स्वर रहेको छ । दुवै गीतको शब्द रचना रमेश बिजीको छ। यस्तै दुवै गीतमा बिबी अनुरागी र सुरेश अधिकारीको संगीत संयोजन छ। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । छायांकन राजेश घिमिरेले गरेका छन् ।  


गीतमा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको लगानी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बनाइएको दुबै गीतले मुस्ताङको पर्यटन प्रबद्र्धन गर्नेछन् । गीतको भिडियो गएको शनिबारदेखि लोमान्थाङमा छायांकन भइरहेको गायिका संगीता थापा मगरले आर्टिष्ट खबरलाई जानकारी दिइन् । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्ने उद्देश्यले म्युजिक भिडियो निर्माणमा सांसद बिष्टले व्यक्तिगत लगानी गरेका हुन् ।

अत्यधिक चिसोका कारण छायांकन ढिलो भइरहेको गायक रामजीले जानकारी दिए । रामजीका अनुसार अहिले माइनस २२ डिग्रीको चिसोमा गीतको छायांकन भइरहेको छ । 


तस्बिर स्रोतः रामजी खाँण र संगीता थापा मगर



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]