लकडाउनमा के गर्दै छिन् सन्नी लियोनी ?

Posted on: April 12, 2020
मुम्बई/(एजेन्सी)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संकटको कारण विश्वको धेरैजसो देश अहिले लकडाउनको अवस्थामा रहेको छ । यो अवस्थामा अन्य क्षेत्र जस्तै फिल्मी क्षेत्रको सबै कामकाज ठप्प भएका छन् । यतिबेला सेलिब्रेटीहरु आ–आफ्नो घरमा परिवारका साथ समय बिताइरहेका छन्। कोही भान्सामा बिभिन्न परिकार बनाउँदै भिडियो सामाजिक सञ्जालमा अपलोड गर्दै शुभचिन्तकहरुलाई पनि मनोरन्जन गराइरहेका छन् भने कोही घरबाटै सन्देशमुलक गीत संगित तथा भिडियो सार्वजनिक गरिरहेका छन् । 

यसैबीच बलिउड सेलिब्रेटी पनि यतिबेला आ–आफ्नो घर परिवारका साथ समय बिताइरहेका छन्। उनीहरुले परिवारकासाथ समय बिताइरहेको दिनचर्याको तस्बिर लगातार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै छन् । त्यसैगरी अभिनेत्री सन्नी लियोनी पनि लकडाउनको पुरै समय आफ्ना तीन बच्चाहरुसँग समय बिताइरहेकी छन्। उनले सामाजिक सञ्जालमा श्रीमान र तीन बच्चासँगको तस्बिर अपलोड गर्दै लेखेकी छिन्। 'अरुबेलामा बच्चाहरुलाई पर्याप्त समय दिन भ्याइदैन थियो। मैले अहिले पुरा समय बच्चाहरुलाई दिने गरेकी छु र ध्यानका साथ बच्चाहरुलाई पढाइरहेकी छु। बच्चा पढाउन मुस्किल काम रहेछ। आफुले अध्ययन गराउँदा बच्चाले पनि राम्रो अध्ययन गर्ने रहेछन् ।' त्यसैगरी बलिउडकी अन्य अभिनेत्री शिल्पा शेट्टी, नेहा धुपिया लगायतले पनि आफ्नो बच्चाहरुलाइ ब्यायम गराएको, खाना खुवाएको, पढाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]