‘चालबाज’मा श्रद्धा कपूरको डबल रोल

Posted on: April 04, 2021
मुम्बई,एजेन्सी ।

बलिउड अभिनेत्री श्रद्धा कपुर चलचित्र ‘चालबाज इन लण्डन’मा दोहोरो भूमिकामा देखिने भएकी छिन्। उनलाई निर्माता भुषण कुमार र अहमेद खानले दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका हुन् । उनी पहिलो पटक पर्दामा दोहोरो भूमिकामा देखिन लागेकी हुन् । टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने चलचित्रलाई पंकज पारासरले निर्देशन गर्नेछन्।


डबल रोल आफ्ना लागि चुनौतीपूर्ण रहे पनि श्रद्धाले पंकजसँग सहकार्य गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताएकी छिन्। पंकजले पनि श्रद्धाको अभिनय पहिले देखिनै प्रशंसा गर्दै आएका छन् । पंकजले सन् १९८९ मा स्व:अभिनेत्री श्रीदेवीलाई मुख्य भूमिकामा राखेर ‘चालबाज’कै निर्देशन गरेका थिए। श्रीदेवीको नागीनको भूमिकामा प्रशंसकहरू रोमाञ्चित भएका थिए। श्रीदेवीको दोहोरो भूमिकामा श्रद्दालाई राखेर पुन:‘चालबाज’ निर्माण गर्न लागिएको हो। पंकजले श्रद्धाको ‘चालबाज’ले पनि धमाका मच्चाउने दाबी गरेका छन्। 









Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]