
मुम्बई,एजेन्सी ।
भारतमा तिब्ररुपमा बढ्दै गइरहेको कोरोना भाइरसका कारण हलहरु धमाधम बन्द हुन थालेका छन्। प्रर्दशनको तयारीमा रहेका चलचित्रसँगै छायाकंनरत चलचित्रलाई समेत निरन्तर्ता दिन प्रतिबन्ध लगाइएको छ। तर अभिनेता सलमान खानको चलचित्र ‘राधे: योर मोस्ट वान्टेड भाई’को भने आउँदो इर्दको अवसर पारेर मे १३ मा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ प्रर्दशन हुने भएको छ। अन्य चलचित्रको प्रदर्शन मिति पछि सार्दै सलमान खानले आफू अभिनित तथा निर्मित चलचित्र ‘राधे'को प्रर्दशन मे १३ मै गर्ने तयारी गरेका छन्। भारतीय मिडियाका अनुसार, दर्शकले यो चलचित्र टिकट काटेर हलमै हेर्न सक्नेछन्। तर, हलमा जान नचाहने दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्न सक्नेछन्।
प्रर्दशन मिति घोषणा गर्दे निर्माण टिमले राधेको ट्रेलर सार्वजनिक गरेका छन्। सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण गरिएको यस चलचित्रको ट्रेलर एक्सनले भरिपूर्ण छ । प्रभु देवा निर्देशित चलचित्रमा सलमानसँगै दिशा पटानी,ज्याकी श्राफ, रणदीप हुन्ड्डालगायतका कलाकारको अभिनय रहेको छ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: