शत्रुघन सिन्हाको ट्वीटर ह्याक

Posted on: August 23, 2021
मुम्बई (एजेन्सी) 

बलिउडका अभिनेता शत्रुघन सिन्हाको ट्वीटर अकाउन्ट शनिबार बेलुका ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेपछि उनको नाम परिवर्तन गरेर  स्पेस एक्सका संस्थापक एलन मस्कको नाम दिएका छन् । प्रोफाइल फोटोमा पनि ह्याकरले फेरिदिएका थिए तर सिन्हालाई यसबारे थुप्रै घण्टासम्म थाहा नै थिएन । 

शत्रुघन सिन्हाको अकाउन्ट ह्याक गर्नेले प्रोफाइलको नाम र डीपी त फेरिदिएका थिए । यद्यपि, यसको पासवर्ड फेरिएको थिएन । यस्तोमा अभिनेताले पनि यो अकाउन्ट प्रयोग गरिरहनु भएको थियो तर जब अभिनेताले ट्वीट गरे तब सबैको नजर उहाको फेरिएको प्रोफाइल नाम र डीपीमा पर्यो । 

ट्वीटमा शशी थरुरसँग कुराकानी गरेको जानकारी दिँदै लेखिएको थियो, ‘दुई चर्चित, इज्जतदार, अपनाउने, योग्य राजनेताबीच उत्कृष्ट कुराकानी । बौद्धिक र उत्कष्ण शशी थरुर र हिम्मतवाली टिएमसी नेतृ महुआ मोइत्रा ।’

शत्रुघनको ट्वीट सार्वजनिक भएपछि कसैको नजर उहाको युजर नेम र डीपीमा परेको थियो, यस्तोमा लगातार अभिनेताले ट्रोल गर्न थालेका थिए । यद्यपि, अब उहाको डीपी र नाम फेरिइसकेको छ । 

हालै, कंगनाले चीनका एक ह्याकरद्वारा उहाको इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने कोसिस गरेको पनि बताउनु भएको थियो ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]