‘बिग बोस–१३’ बिजेता सिद्धार्थ शुक्लाको निधन

Posted on: September 02, 2021
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

‘बिग बोस–१३’ को विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको छ । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए । उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’ मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’ बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो ‘बिग बोस १३’ बाहेक उनी ‘झलक दिखलाजा(६’,’ फियर फ्याक्टर स् खत्रोंका खिलाडी ७’ मा पनि सहभागी भएका थिए ।

उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनका एक आमा र दुई दिदी बहिनी छन् । उनले सन् २०१४ मा ‘ हम्टी शर्माकी दुल्हनियाँ’ मा साहयक अभिनेताको भूमिका गरेका थिए ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]