
मुम्बई (एजेन्सी)
अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा हुनुभएको छ । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ ।
कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा हुनुभएको छ । अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा रिहा गरेको छ । अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा राजलाई १९ जुलाईमा मुम्बई प्रहरीले पक्राउ गरेको हो । मुम्बई प्रहरीले राजविरूद्ध यस मामिलामा करिब १५०० पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो । जसमा ४३ जनाको बयान समावेश छ ।
गत फेब्रुअरीमा उहाविरुद्ध अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: