अमिताभको शिरमा नेपाली ढाकाटोपी

Posted on: March 08, 2022
मुम्बई (एजेन्सी)

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाउनुभएको छ । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्नुभएको हो । 

फोटोको क्याप्सनमा उहाले ‘केटी को केटी को’ लेख्नुभएको छ । तस्वीरमा उहाले कैलो कोट पनि लगाउनुभएको छ । उहाँले चलचित्रको सुटिङका क्रममा नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाउनु भएको छ । हाल उहा ‘उँचाई’ चलचित्रमा व्यस्त हुनुहुन्छ । हाल यो चलचित्र भारतको उत्तराखण्ड राज्यमा सुटिङको क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि मात्रै यो चलचित्रको टिमले नेपालमा आएर शुटिङ गरेको थियो । शुरुमा बच्चन पनि नेपालमा आउने भनिएपनि अस्वस्थताका कारण आउन पाउनु भएको थिएनन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]