
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
एसएस राजामौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ले पहिलो दिन वर्डवाइड २ सय २३ करोड (भारतीय रुपियाँ) कलेक्स गरेको छ । साउथ फिल्मका सुपरस्टार जुनियर एनटीआर र रामचरण साथै बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र आरआरआरले विश्वभरबाट कमाई गरिरहेको छ ।
भारतबाट मात्रै पनि १ सय ५६ करोड कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्तै युएसबाट मात्रै पनि ४२ करोड कलेक्स गरेको बताइएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया लगायतका देशहरुमा सर्वाधिक कमाई गरेको छ । यस्तै, भारतीय इन्टरटेन्टमेन्ट इन्डस्ट्री ट्र्याकर रमेश बालाले फिल्मले भारतको दक्षिण क्षेत्रमा मात्र नभई विश्वका अन्य देशमा पनि अत्यधिक कमाई गरिरहेको बताएका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: