राखीले तनुश्रीमाथि ५० करोडको मुद्दा हाल्ने

Posted on: October 24, 2018
मुम्बई (एजेन्सी) ।

बलिउडकी बिवादित अभिनेत्री राखी सावन्तले पत्रकार सम्मेलन गरेर तनुश्रीको विरोध गरेकी छन्। केहि समय अघि तनुश्री दत्ता र नाना पाटेकरबीचको विवादपछि उनले पत्रकार सम्मेलन गरेर तनुश्रीको विरोध गरेकी हुन् । 

राखीले भनिन्,‘तनुश्री ड्रग एडिक्ट हुन्। १० वर्षअघि ड्रग लिएर बेहोस भेटिएकी थिइन्।’ राखीको यो भनाइपछि तनुश्रीले राखीमाथि मानहानी मुद्दा दर्ता गराएकी थिइन्। उनले १० करोड रुपैयाँ माग पनि गरेकी छन्। राखीले तनुश्रीलाई जवाफ फर्काउँदै उनीमाथि ५० करोडको मानहानीको मुद्दा हाल्ने बताएकी छन्।

राखीले भनिन्,‘तनु श्रीलाई नाना पाटेकर र राज ठाकरेले वास्ता नगरेपछि उनी मेरो पछाडि लागेकी हुन्। उनी लुट्न चाहन्थिन् तर उनको यो योजना पूरा भएन। तनु श्रीले यो सब पब्लिसिटी, पासपोर्ट, भिसा, बैंक अकान्उट वा बलिउडमा पुनः फर्कन गरेकी हुन् तर उनको योजना पूरा भएन। त्यसैले उनले मलाई आफ्नो ‘टार्गेट’ बनाएर मानहानिको मुद्दा हालेकी हुन्। उनी मिडियामार्फत खेल खेलिरहेकी थिइन् अब कोर्टकार्फत खेल्न लागेकी छन्। कोर्टमा म उनलाई मुखभरिको जवाफ दिनेछु।’


‘कोर्टमा जवाफ दिन मसँग सबुत छ’ उनले भनिन्,‘१० वर्षपहिले म तनु श्रीसँग कयौं पार्टीमा गएकी छु। मलाई उनले दुई तीन पटक ‘रेव पार्टी’ मा लिएर गएकी थिइन्। ती पार्टीमा उनी मेरै अगाडि ड्रग्स लिन्थिन्। तनु श्रीको चक्करमा लगेर मैले पनि कति पटक ड्रग्स लिएकी थिएँ। पछि मैले उनीसँगको सम्बन्ध तोडेँ।’

‘हुन त नाना पाटेकरका बारेमा तनु श्रीसँग कुनै प्रमाण छैन। जुम च्यानलमा अन्तर्वार्ता दिने क्रममा तनु श्रीले मलाई निच भनिन्। यो पनि त अपराध नै हो। उनले मलाई ‘लोअर क्लास’ भनिन्, यो पनि ठूलो अपराध हो।’

राखीले भनिन्, ‘तनुश्रीले ममाथि १० करोडको मानहानिको मुद्दा हालेकी छन्। म उनीमाथि ६० करोडको मानहानि मुद्दा हाल्छु। १० करोडको मानहानि गर्नुभन्दा पहिले उनले १० करोड रुपैयाँ कोर्टमा जम्मा गर्नुपर्छ। मलाई उनले लोअर क्लास भनिन् त्यसैले म तनु श्रीमाथि ५० करोडको मानहानि मुद्दा दर्ता गराउँछु। म यसका लागि कोर्टमा ५० लाख जम्मा गर्छु’, 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]