कमेडी च्याम्पियनको लोकप्रियता बढ्दै, आयो युट्युव ट्रेन्डिङ १ मा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपालको मौलिक कमेडि रियालिटी शो ‘कमेडी च्याम्पियन’ आठौ इपिसोडसम्म पुग्दा सातौं इपिसोड नेपालको युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । देशैभरीका प्रतियोगीहरुले सहभागिता जनाएको यस रियालिटी शोले उत्कृष्ट दश प्रतियोगी पाइसकेको छ ।

नेपाल युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आउनु नेपालमा सो दिन धेरै हेरिनु भन्ने बुझिन्छ । त्यसैले ‘कमेडी च्याम्पियन’को लोकप्रियता बढ्दै गएको बुझ्न सकिन्छ । अन्य गायक रियालिटी शो जस्तो यस ‘कमेडी च्याम्पियन’लाई बुझ्न गाह्रो छ अर्थात प्रतियोगीहरुले उठाउने कमेडीका बिषय बिशेषगरी युवाकेन्द्रित छन् त्यसैले यस रियालिटी शोले सिमित दर्शकलाई केन्द्रित गरेको देखिन्छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका उत्कृष्ट दशमा आदर्श मिश्र, अमोद अर्याल, अनिल राई, बिष्णु प्रसाद गौडेल, हिमेश पन्त, क्षितिज केसी, प्रनेश गौतम, सजन श्रेष्ठ, सुमन कार्की, सुमन कोइराला पर्न सफल भएका छन् । उत्कृष्ट दशबाट नजिक लैजानका लागी प्रतियोगीलाई दर्शकले भोट गर्नुपर्नेछ । जसमा नेपालबाट भोट गर्नका लागी ईसेवा मोबाइल एप र नेपाल बाहिरबाट भोट गर्नका लागी कमेडी च्याम्पिएन मोबाइल एपबाट गर्न सकिनेछ ।  साधारण तरिकाले मोबाइलको म्यासेज बक्सबाट भोट गर्ने सुविधा नहुँदा जसले मोबाइल एप चलाउन सक्दैनन् र जान्दैनन् त्यो बर्गका दर्शकले गुनासो पनि पोखेको पाइन्छ ।  ‘कमेडी च्याम्पियन’मा बिजेता बन्नेले नगद २५ लाख पाउनेछन् ।

रिमा विश्वकर्माले सञ्चालन गर्ने यस रियालिटी शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् । बिशाल भण्डारीले निर्देशन गरिरहेको यस रियालिटी शोको केकी अधिकारी, बिशाल भण्डारी, राज घिमिरे र रेशु तामाङ निर्माता हुन् । डिओपीमा अमृत सुनुवार छन् भने गम्भिर राज कर्णिकार मुख्य सम्पादक हुन् । ‘कमेडी च्याम्पियन’को अनिल खड्का र कुबेर डंगोल मुख्य सहायक निर्देशक हुन् ।