प्रोडक्सन डिजाइनको ब्यस्त नाम यमप्रसाद

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्रमा झन्डै डेढ दशकदेखि प्रोडक्सन डिजाइनमा सक्रिय यमप्रसाद ओली नेपाली चलचित्रसँगै बलिउड र हलिउडसम्म पनि काम गरेका छन् । छायांकनको डिजाइनिङ गर्न के कस्ता उपकरणहरु आवश्यक पर्छ । त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको राम्ररी अध्ययन गरी त्यसको डिजाइन तयार पार्ने काम प्रोडक्सन डिजाइनरको हुन्छ ।

‘चलचित्र निर्माणमा प्रोडक्सन डिजाइनको ठूलो हात हुन्छ । चलचित्रको लोकेसन, जनशक्तिदेखि लिएर प्राविधिक विषयका सामाग्री जुटाउने काम गर्नुपर्छ’, यम भन्छन्, ‘धेरै दशकअघिसम्म चलचित्रमा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन । जसले गर्दा छायांकनमा प्राविधिक समस्या हुन्थ्यो । जब प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थाले चलचित्रलाई ठुलो राहत मिल्यो ।’

उनी नेपालका निर्देशक तथा निर्माताको रोजाईमा पर्छन् नै नेपालमा छायांकन गर्न आउने विदेशी चलचित्रका निर्माता र निर्देशक पनि नेपाल आउँदा ओलीलाई नै खोज्छन् । ओलीले ‘झापा आन्दोलन’, ‘सुखानी सहादत’, ‘टेक्वान्डोको कथा’ ‘रिलेसन’, ‘प्रोडुसर’, ‘स्कुल’, ‘होस्टेल’, ‘आभास’, ‘होस्टेल रिटर्नस’, ‘बिजुली मेशिन’, ‘जोनी जेन्टलम्यान’, थाहा अभियानका नायक रुपचन्द्र विस्टको कथामा बनेको ‘रुदाने’, ‘पुरानो बुलेट’ र ‘सानो मन’लगायतका फिल्ममा काम जिम्मेवारी पुरा गरिसकेका छन् ।

यसबाहेक उनले भोजपुरी फिल्म ‘दिवाना २’, ‘मर्द रिक्सावाला’ र ‘निरहुवा चलल लण्डन’ जस्ता फिल्ममा पनि प्रोडक्सन डिजाइनरको काम गरिसकेका छन् । उनले बलिउड फिल्म ‘यारा’, ‘ओन्नाइ’, ‘ग्व्थर’ मा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । उनीसँग हलिउड प्रोजेक्ट युकेको वेब सिरिज ‘फोरिजन बडिज’ र ‘आवर गर्ल’, युके कै इन्सुरेन्स कम्पनीको विज्ञापन एक्सामा काम गरेको अनुभव पनि छ ।