प्रितमले गाए ‘तिमीले बाटो फेरयौ अरे २’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’सार्वजनिक गरिएको छ । भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।

मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राई । प्रितमको स्वरमा रहेको नयाँ भर्सनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷रदर्शकको साथ पाउनेमा आफू आशावादी रहेको दर्पणले बताए ।

‘सारेगम प लिटिल चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःखछ किन’मा पनि स्वर दिएका थिए ।