नातिकाजीलाई सम्झिदै स्रष्टा सम्मान

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सँगीत महर्षी नातिकाजी श्रेष्ठको ९५ औं जन्म जयन्तीको अबसरमा नातिकाजी स्मृति समाजले नेपाली सँगीत क्षेत्रमा उल्लेख्य योगदान दिएका विभिन्न श्रष्टाहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । गएको बिहीबार आयोजीत कार्यक्रमका प्रमुख उपराष्टपति नन्दबहादुर पुनले आफ्नो कार्यालयको प्रँगनमा आयोजिता सम्मान कार्यक्रममा समाजका तर्फबाट विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।

समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा.समरबहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । नाजिकाजका समकालिन श्रष्टा मल्लले नेपाली सुगम सँगीतमा योगदान पुर्याएका छन् ।

यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सँगीतकर्मीलाई सम्मानित भएका छन् । जस अन्तर्गत गायनबाट कर्म योञ्जन, जगतमर्दन थापा, भारती उपाध्याय, तिर्थकुमारी थापा, शम्भु राई, सँगीत सृजनाबाट सिके रसाइली, मिलन मोक्तान, बादनबादनबाट मोहनकृष्ण ढलीलाई विशेष संगीत सम्मान गरिएको हो । यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई पुरस्कृत गरियो । जनही ११ हजार १ एक सय ११ रुपैयाँ राशी सहितको नातिकाजी राष्टिय सँगीत पुरस्कार सँगीतकार सुरेश अधिकारी, गायक यम बराल, प्रमोद ढुंगाना र गायिका रेखा शाहलाई प्रदान गरियो ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार सँगीतकार मनराजा नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायक प्रल्हाद तिमिल्सिना र गायिका टिका प्रसाईलाई प्रदान गरियो ।