बद्रीको जिम्मेवारी रमेशलाई, प्रतिष्ठानको भवनको कुल खर्च १ करोड २० लाख

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष रमेश बिजीलाई निवर्तमान अध्यक्ष बद्री पंगेनीले सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका छन् । आइतबार प्रतिष्ठानको नवनिर्मित भवन कक्षमा आयोजीत पत्रकार सम्मेलनमा भवनको हिसाब किताब सार्वजनिक गर्दै सम्पुर्ण जिम्मेवारी सुम्पिएको बताइयो । गएको मंसिरको ६, ७ र ८ गते पोखरामा भएको प्रतिष्ठानको सातौं महाधिबेशनबाट रमेश अध्यक्ष पदमा चुनिएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष बद्रीले आफ्नो कार्यकालमा प्रतिष्ठानको भवन निर्माणका लागी सहयोग गर्ने संस्थाका सम्पुर्ण टिम तथा सहयोगीदातालाई धन्यवाद दिए । साथै संस्थाको जिम्मेवारी वर्तमान अध्यक्षलाई सुम्पिएतापनि संस्थाको कुनैपनि कामका लाग्ी आफु सधैं तयार रहेको बताए । बद्रीले काठमाडौंको टोखामा शिलान्यास गरेको ७ महिनामा भवन तयार गरी गएको मंसिर १ गते भवन उद्घाटन गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष रमेशले आफूमा आएको जिम्मेवारी सहि ढंगले बहन गर्ने प्रतिबद्धता जनाए । साथै आफ्नो कार्यकालमा गर्ने महत्सवपुर्ण कुराहरु समेत सार्वजनिक गरे । सर्वप्रथम रमेशले आन्तिरिक रुपमै भएपनि संगीत सेन्सर बोर्डको स्थापना गर्ने बताए । उनी भन्छन्, ‘राज्यको तर्फबाट होला नहोला अहिलेका लागी प्रतिष्ठानको तर्फबाट संगीत सेन्सर बोर्डको खडा गछौं । केहि महिनामै लागु हुनेछ ।’ रमेशले अब कुनैपनि लोक तथा दोहोरी गीत सार्वजनिक गर्नुपुर्व प्रतिष्ठानमा दर्ता गर्नुपर्ने र सेन्सर टिमले पास गरेपछि मात्र सार्वजनिक गर्नुपर्ने बताए । साथै उनले सेन्सर पास भइसकेपछि म्युजीक भिडियो अगाडी पास प्रमाणपत्र शो गरिनुपर्ने प्रावधान समेत राख्ने जानकारी दिए । साथै अर्को महत्वपुर्ण काममा नवप्रतिभा प्रोत्साहन कोषलाई अगाडी बढाउने बताए । रमेशले निवर्तमान अध्यक्ष बद्री पंगेनीको कार्यकालमा सुरु गरीएको यो कोषलाई आफ्नो कार्यकालमा अघि बढाउने पहलमा छन् । नवप्रतिभा प्रोत्साहन कोषले देश भरी कुनाकुनामा रहेका नवप्रतिभा जोसँग आर्थिक स्थिती कमजोर भएर अवसर पाइरहेका छैनन् त्यस्ता प्रतिभालाई उजागर गर्नेछ ।

पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष तथा भवन निर्माण कार्यसमिति संयोजक बद्री पंगेनीले भवन निर्माणका लागि १ करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँ ५२ पैसा लागेको जानकारी दिए । जसमध्ये ९८ लाख ६३ हजार १ सय ७९ रुपैयाँ ५२ पैसा नगद र २१ लाख ७१ हजार ५ सय १२ रुपैयाँ जिन्सी खर्च भएको छ । भवन निर्माणको लागि देश तथा विदेशबाट सहयोग लिइएको थियो । नगद र जिन्सी गरी १ करोड ४८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ सहयोगको कबोल भएकामा १ करोड ३० लाख ६९ हजार ८ सय ४९ रुपैयाँ संकलन भएको प्रतिष्ठानले जनाएको छ । संकलित रकममध्ये १० लाख ३५ हजार १ सय ५७ रुपैयाँ ४८ पैसा प्रतिष्ठानको खातामा बचत छ । १७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ उठ्न बाँकी छ ।

निवर्तमान अध्यक्ष बद्री पंगेनीले संकलित र बाँकी रकम गरी २८ लाख ९ हजार ७ सय रुपैयाँ ४८ पैसाको हिसाब अध्यक्ष रमेश बिजी र र कोषाध्यक्ष राजु ढकाललाई जिम्मा लगाए । भवन निर्माणको लागि २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको तस्वीर कार्यालयको बैठककक्षमा राखिने पंगेनीले बताए । प्रतिष्ठानको कोरिया शाखाले १० लाख सहयोग गरेकाले भवनको एउटा कोठा कोरिया शाखाका रुपमा स्थापित गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा कलाकार कल्याणकारी कोषका सदस्य चन्द्र शर्माले १ करोड भन्दा बढी रकम कोषमा रहेको जानकारी गराए । जसमध्ये ८० लाख मुद्दती खातामा र २१ लाख वचत खातामा रहेको छ ।

Video: