गायक रामकृष्ण ढकालको श्रीमतीसँग सम्बन्ध विच्छेद

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।</p><p style="text-align: justify; ">ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । झण्डै १७ वर्षे वैवाहिक सम्बन्धलाई पुर्णविराम लगाएका हुन्। ‘उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,’ जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो। पछिल्लो समयमा रामकृष्ण ढकालको सहकारी ऋणका कारण केही विवाद सिर्जना भएको थियो। आर्थिक झमेलामा परिरहेका रामकृष्ण ढकाल फेरि अर्को पारिवारिक समस्याबाट गुज्रिएका छन्।</p><p style="text-align: justify; ">ढकालकी एक छोरी रानी ढकाल पनि रहेकी छन्। रामकृष्ण्को पहिलो अक्षर रा र निलमको पहिलो अक्षर नि बाट छोरीको नाम रानी राखिएको थियो। मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।</p>