दबंगलाई पाँचदिनमा सय करोड

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘दबंग ३’ले प्रदर्शनको पाँच दिनमा सय करोड कमाएको छ । अभिनेता सलमान खानको मुख्य अभियन रहेको यो चलचित्रको सकिक्षा नराम्रो आएपछि आम्दानीमा गिरावट आएको थियो । चलचित्रले पहिलो दिन बक्सअफिसमा २४ करोड ५० लाख, दोस्रो दिन २४ करोड ७५ लाख, तेस्रो दिन ३१ करोड ९० लाख र चौथो दिन १० करोड ७० लाख छापेको थियो । चलचित्रले पाँचौ दिन १२ करोड कमाउँदै सय करोडमा नाम लेखाएको हो । पाँच दिनसम्म घरेलु बजारबाट १ सय ३ करोड ८५ लाखको व्यापार गर्न सफल भएको भारतीय मिडियाले लेखेका छन् ।

मंगलबार चौथो दिनको तुलनामा २ करोड बढी कमाएको फिल्मले बुधबार २० करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ । ‘दबंग ३’ सँगै अभिनेता सलमान खानको लगातार १५ वटा फिल्मले सय करोड कमाउन सफल भएको छ । यो चलचित्र चर्चित डान्स कोरियोेग्राफर प्रभु देवाले निर्देशन गरेका हुन् ।