पाकेटमारको चिठी विमोचीत

आर्टिष्ट खबर/ पुस, पनौती ।

डा. गोपाल पौड्याल मण्डनेको कथासंग्रह ‘पाकेटमारको चिठी’ को पनि विमोचन गरिएको छ । अक्षरमार्ग साहित्यिक पत्रिकाले काभ्रेको पनौतीमा आयोजना गरेको शिशिर काव्य गोष्ठीमा उक्त कथा संग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले ‘पाकेटमारको चिठी’ सार्वजनिक गर्दै कुनै पनि कथामा जीवनका विविध पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु लेखकको दायित्व भएको बताइन् । उक्त कथासंग्रहमाथि लेखक ध्रुव मधिकर्मीले समीक्षात्मक टिप्पणी गरेका थिए । कथाकार गोपाल पौड्यालले आफूले देखे भोगेका विषय नै कथामा प्रस्तुत गरेको बताए ।

अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न  शिशिर काव्य गोष्ठीमा कविहरू कलानिधि दाहाल, सोमकाजी शाक्य, ध्रुवकृष्ण ताम्राकार, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, विजयराम कर्माचार्य, सरु सुवेदी, बद्री उप्रेती, तुयुकाजी ताम्राकार, नम्रता उप्रेती, सुवर्ण श्रेष्ठ, हरिप्रसाद चौलागाइँलगायतले आफ्ना रचना वाचन गरेका थिए ।