आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘सुन्दर नेपाल खुसी नेपाली’ शीर्षकमा फोटो प्रर्दशनी शुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगिताबाट छानिएका बिजेता सहित उत्कृष्ट ७० फोटो प्रर्दशनीमा राखिएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै ‘कला फोटोग्राफी’को विशिष्टीकरणका लागि प्रतिष्ठानले ‘सुन्दर नेपाल खुसी नेपाली’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो । जसमा देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटो प्राप्त भएका थिए ।

उद्घाटन कार्यक्रममा प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई ४० हजार रुपैयाँ, दोस्रो स्थान हासिल गरेका प्रवीण श्रेष्ठलाई २५ हजार रुपैयाँ, प्रदान गरिएको थियो भने तेस्रो स्थान हासिल गर्ने दयासागर केसीलाई १५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल स्कन्द गौतमलाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । विजेतालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के–के कर्माचार्यले पुरस्कार प्रदान गरेका थिए । प्रर्दशनी यही पुस १७ गतेसम्म बिहान १० बजे देखी बेलुकी ४ बजेसम्म चल्नेछ ।

१३ पुष २०७६, आईतवार ०८:०३