आस्थाको भिडियोमाथि अनुसन्धान

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय गायिका आस्था राउतले बिमानस्थलमा आफूमाथि भएको दुब्यर्वहारलाई लिएर सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए ।

क्षेत्रीले राउतमाथि दुब्यर्वहार भएको भए त्यो गलत काम भएको तर उनले बोलेको शैली नराम्रो भएको बताएका छन् । ‘उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ क्षेत्रीले भनेका छन् ।

गायिका राउतले विमानस्थलमा आफूलाई चेकजाँचका क्रममा महिला प्रहरीले अपशब्द बोल्दै दुब्यर्वहार गरेको जनाएकी छन् । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् । उनले भिडियोमा भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

गायिका राउत कार्यक्रमका लागी बाहिर जानेक्रममा आफूमाथि दुब्यर्वहार भएको र प्रहरी जुनसुकै नागरीकसँग सम्मानका साथ बोल्नुपर्ने बताउँछिन् ।