सोनममाथि ट्याक्सी चालकको डरलाग्दो ब्यवहार

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री सोनम कपूरले आफूलाई एक ट्याक्सी चालकले डरलाग्दो ब्यवहार गरेको बताएकी छिन् । पछिल्लो समय पतिसँग लण्डनमा बस्दै आएकी सोनमले आफ्नो ट्विटरमार्फत ट्याक्सीमा आफूमाथि घटेको डरलाग्दो घटनाको बारेमा बताएकी छिन् ।

ट्याक्सी ड्राइभरले नराम्रो व्यवहारले डराएको समेत उल्लेख गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस् । सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ ।

सोनम कपूरले सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरिन् । आनन्दको व्यवसायको सिलसिलामा उनी प्रायः लण्डनमा बस्दै आएकी छिन् ।