‘दि कर्मा’लाई पिजी प्रमाणपत्र

आर्टिष्ट खबर/ माघ, काठमाण्डौ ।

यही माघ १७ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी प्रमाणपत्र पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी प्रमाणपत्र दिएका हुन् ।

त्यस्तै, सेन्सर बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । ‘दि कर्मा’ का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले फिल्म मन पराएको बताए । चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । देव कुमार श्रेष्ठ निर्देशीत चलचित्रको ट्रेलर र गीत सार्वजनक भैसकेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको चलचित्रको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ । करण भारतिय कलाकार भएका कारण पनि यो चलचित्र धेरैले चासोपूर्वक हेरेका छन् । नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र हुने निर्माण टिमले बताएको छ ।