बिनु बनिन् बर्षको उत्कृष्ट मोडल

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यसबर्षको दोस्रो एपिक नेपाल म्युजीक अवार्डमा उत्कृष्ट महिला मोडलमा बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले अवार्ड हात पारेकी छिन् । मनोनयमा परेका पाँचजना मध्ये अन्य चारलाई पछि पार्दै बिनुले आइतबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा अवार्ड उचालिन् ।

मनोनयमा परेका अस्मिता पुरी, पासाङ गुरुङ, सरिस्मा मागर, प्रिज्मा र प्रिन्सा खतिवडालाई पछि पार्दै बिनुले अवार्ड उचालेकी हुन् । पप् बिधाबाट अवार्ड पाएकी बिनु हात समाई बोलको गीतबाट मनोनयनमा परेकी थिइन् । गीतमा रामकृष्ण ढकाल र मिना पोखरेल निरौलाको स्वर रहेको छ । भिडियोमा बिनुसँगै जुम्ल्याहा पूरुष मोडल अमर र अमृत दाहालले अभिनय गरेका थिए । बिनुले अवार्ड समारोहमा आफ्नो प्रस्तुती पनि दिएकी थिइन् ।

बिनुले आफ्नो चौथो अवार्डको रुपमा एपिक अवार्ड हात पार्दा निकै खुसी लागेको बताइन् । उनले बर्षभरी काम गरेर सबैभन्दा खुसीको क्षण अवार्ड पाउँदाको हुने पनि बताइन् । उनी भन्छिन्, ‘अवार्ड भनेको कामको नतिजा हो, कामलाई मुल्यांकन गर्दै यसरी सम्मान गर्नुभएकोमा आयोजक तथा जुरी परिवारलाई धन्यवाद दिन्छु ।’

बिनुले यसअघि महिलो अवार्डको रुपमा नव महिला मोडलबाट प्रथम ओएस म्युजीक अवार्ड, दोस्रो अवार्डमा बेष्ट महिला मोडलबाट चौथो क्यापिटल नेशनल अवार्ड र तेस्रो अवार्डमा बेष्ट महिला मोडलबाट आठौं म्युजीक खबर म्युजीक अवार्ड पाएकी थिइन् । पछिल्लो समय अवार्ड आयोजना धेरै हुने सन्दर्भमा बिनुले जति धेरै अवार्ड आयोजन भएपनि भब्य र मर्यादित गरियो भने सबैको गरिमा बढ्ने बताउँछिन् । उनले अवार्ड दिनेक्रममा आफ्नो नजिकका र पैसामा बिक्न नहुने बताउँछिन् । उनी भन्छिन् ‘अवार्ड आयोजकले बिचार पु¥याउनु पर्ने कुरा हो । निश्पक्ष तरिकाले अवार्ड सम्पन्न गरियो भने आफ्नो अवार्डको गरिमा बढ्ने हो ।’

जम्मा ५४ बिधामा प्रदान गरिएको अवार्ड समारोह शनिवार राजधानीस्थित राष्ट्रिय सभागृहमा सम्पन्न गरिएको थियो । एपिक नेपाल म्युजिक प्रा.लिको आयो जनामा सम्पन्न भएको कार्यक्रममा  गीतकार किरण खरेललाई  पन्ध्र हजार रुपियासहित एपिक दिर्घ साधना सम्मान गरिएको थियो । पूर्व प्रधानमन्त्री टोप बहादुर रायमाझीले  सम्मानपत्र सहित सो सम्मान प्रदान गरेका थिए ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमूख अतिथि टोप बहादुर रायमाझीले कला क्षेत्रमा हुने यस्ता अवार्ड कार्यक्रमले कला सस्कृतीको जर्गेना गर्नुको साथै यो नया पिढीलाई देशका लागि राम्रो काम गर्नुपर्छ भन्ने शन्देश दिने बताए ।