जोशीको सम्मानमा चित्रकला प्रतियोगीता हुने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप वाङमय शताब्दी पुरुष दोस्रो खुल्ला चित्रकला प्रतियोगिताको आयोजना हुने भएको छ । चित्रकला प्रतियोगीता योंग पिकासुको प्रस्तुती तथा श्री शान्तिश्रम विश्राम माध्यामिक विद्यालय तथा सहयात्राको आयोजना र पाटन म्युजियमको सहकार्यमामा हुन लागेको हो । यहि माघ १५ गते पाटन संग्राहलयमा आयोजना गरिने यस प्रतियोगीताका लागि आवेदन खुला भइसकेको छ । प्रतियोगीतमा भागलिन इच्छुक व्यक्ति वा संस्थाले माघ ११ गतेसम्म आवेदन दिनुपर्ने छ ।

प्रतियोगितामा काठमाडौं र काठमाडौंबाहिर गरी देशभरका तीन सय चित्रकारहरुलाई सहभागीता गराउने आयोजकको उद्देश्य रहेको छ । प्रतियोगीतामा चित्रकारहरुले शताब्दी पुरुष सत्यमोहन जोशीको उपस्थितीमा चित्रहरु कोर्नेछन् । आयोजक अजय देसारका अनुसार प्रतियोगीतमा (१३ वर्षसम्म) उमेर समूह र खुल्ला (१३ वर्ष भन्दा माथि) को गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । जसमा उमेर समूहका लागि विषय खुल्ला हुनेछ भने खुल्ला समूहले सत्यमोहन जोशीको प्रत्यक्ष चित्र कोर्नु पर्नेछ ।

उमेर समूहका पहिलो विजेतालाई १२ हजार, दोस्रोलाई ८ हजार  र तेस्रो विजेतालाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । भने खुलातर्फ पहिलो दोस्रो र तेस्रो विजेतालाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । चित्रकला प्रतियोगीतामा उमेरसमूहबाट उत्कृष्ट ३० चित्रलाई अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा स्थान दिइनेछ ।