भुटानी शरणार्थीको कथामा आधारीत फिल्म ‘रिफ्यूजी’ माघ १५ मा आउने

...

nepali movie refugee पुस ९, काठमाडौं । भुटानी शरणार्थीको कथामा आधारीत फिल्म ‘रिफ्यूजी’ को प्रदर्शन मिति घोषणा गरीएको छ। निर्देशक उदय सुब्बाले निर्माण गरेको ‘रिफ्यूजी’ आउँदो माघ १५ बाट अल नेपाल प्रदर्शनमा आउने आज एक पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइयो ।

निर्माता सुब्बाका अनुसार जनवरीको पहिलो सातादेखि अमेरिका र त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने छ । नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश र्फकने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल’ प्रमाणपत्र प्रदान गरीसकेको छ ।

फिल्म ‘रिफ्यूजी लाई सौरभ लामाले खिचेका हुन् भने तारा थापा किम्लेको सम्पादन रहेको छ । फिलममा जीवन लुइटेल, नीर शाह, रिस्ता बस्नेत, बिपना बस्नेत, सुरबीर पण्डित, अशोक शर्मा, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय छ ।