व्याकुल माइलालाई नागरिक अभिनन्दन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दक्षिण कोरियाको राजधानी सोलमा शनिबार आयोजीत कार्यक्रममा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) लाई नागरिक अभिनन्दन गरिएको हो । ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा नागरिक अभिनन्दन समारोह तथा १९७४ एडीको भव्य कन्सर्ट गरियो ।

अभिनन्दनपश्चात् व्याकुल माइलाले आफू राष्ट्रिय गान बज्दा निकै भावुक हुने बताए । उनले  आफूले राष्ट्रिय गीत लेखेपछि यसरी नै देश–विदेशमा धेरै सम्मानहरु पाएको बताए । उनले भनेका छन् ‘देशमा परिवर्तन ल्याउनका लागि, गणतन्त्र ल्याउनका लागि, लोकतन्त्र ल्याउनका लागि, हामी नेपालीहरुले सहादतपूर्ण, बलिदानीपूर्ण आन्दोलन गरेका छौं । ती सम्पूर्णलाई सम्झन्छु । अनि त्यतिखेर म भावविह्वल हुन्छु ।’

कार्यक्रममा १९७४ एडी ब्यान्डको प्रस्तुती अघि भोइस अफ नेपाल सिजन टुकी प्रतिस्पर्धी अञ्जु राना मगरले पनि आफ्नो प्रस्तुती दिइन् । अञ्जुले ‘चौबन्दीमा पटुकी’, ‘सधैं सधैं’, ‘प्रिती बस्यो’ लगायतका गीतमा आफ्नो प्रस्तुती दिइन् ।  कन्सर्ट अबेर रातीसम्म चलेको थियो । १९७४ एडी ब्यान्डले ‘रातो र चन्द्र सूर्य’, ‘तिमीलाई पिरतीले बाँधुला’, ‘छुँदैन तिम्रो मायाले’ ‘गुरासैं फूल्यो, बनैमा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।