भिडियो हेर्दै आँखा रसाउने ‘क्लासिक’को यस्तो ट्रेलर सार्वजनिक

...

aryan sigdel and namrata shresthaपुस १०, काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म क्लासिकको ट्रेलर सार्वजनिक भएको छ । आउँदो माघ २९ अर्थात भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको क्लासिकले दर्शकको मन छुने आशा लिइएको छ ।

बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरीएको ट्रेलरमा आर्यन र नम्रताको मायालाई देखाइएको छ । फिल्ममा आँखा नदेख्ने भुमिकामा रहेका यि दुई पात्रको अभिनयले दर्शकको आँखा रसाउने बनाएको देख्न सकिन्छ । ट्रेलरमा प्रयोग भएको सम्बादले पनि दर्शकका आँखा रसाउँछन् ।
classic nepali film - press meetफिल्मका निर्देशक दिनेश राउतले पनि आफुले निकै मेहनतका साथ फिल्ममा काम गरेको बताउँदै आएका छन् । आर्यन सिग्देल, नम्रता श्रेष्ठ लिड रोलमा रहेको यो फिल्मले दृष्टिबिहिन प्रेमी प्रेमिकाको कथा पेश गरेको छ । म्युजिक लभ स्टोरी भनिएको फिल्ममा सुवास गिरीसँगै आर्यन सिग्देल पनि निर्माता हुन् ।